संविधान संशोधन सर्वसम्मत पारित हुने निश्चित, जनता समाजवादीले पनि पक्षमा मतदान गर्ने

संविधान संशोधन सर्वसम्मत पारित हुने निश्चित, जनता समाजवादीले पनि पक्षमा मतदान गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।

सो पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिए ।

नेपालको नयाँ नक्सा अनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए ।