८० दिनपछि फेरियो लकडाउनको मोडालिटी, के चल्ने, के बन्द हुने? पढ्नुस् सरकारको निर्णय

८० दिनपछि फेरियो लकडाउनको मोडालिटी, के चल्ने, के बन्द हुने? पढ्नुस् सरकारको निर्णय

काठमाडौँ । करिब तीन महिनापछि लकडाउनको मोडालिटी फेरिएको छ । व्यापक जनदबाबपछि सरकारले मोडालिटी फेरेको हो । ठूलो भीडभाड हुने बाहेकका अन्य क्षेत्रलाई क्रमशः सञ्चालन गर्दै लाने सरकारको लक्ष्य छ । 

हालको कोरोनाको प्रकोपलाई विश्लेषण गरेर २१ दिनपछि पुनः निर्णय गर्नेगरी सरकारले निर्णय गरेको हो। 

सरकारले सबै प्रकारका उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्न दिने भएको छ । निजी सवारी पनि जोर बिजोर प्रणालीमा चल्न दिने भएको छ । यस्तै, सरकारी कार्यालय दुई सिफ्टमा खोल्ने निर्णय सरकारको छ । शिक्षण संस्थाहरुको प्रशासन अब खुल्नेछ । 

यस्तै, अन्तर्राष्ट्रिय सीमा नाका, हवाइ उडान बन्द नै रहनेछन् । होटलहरु बन्द रहनेछन् । सिनोमा घर, पार्टी प्यालेस लगायत पनि बन्द रहनेछन् । अन्य मनोरञ्जन तथा खेल स्थल पनि बन्द हुनेछन् । 

के खुल्ने के बन्द? पढ्नुस् निर्णय