संविधान संशोधन विधेयकको औचित्य सकिनेगरी सरिता गिरीको संशोधन, नक्साको स्रोत र प्रमाण नभएको जिकिर

संविधान संशोधन विधेयकको औचित्य सकिनेगरी सरिता गिरीको संशोधन, नक्साको स्रोत र प्रमाण नभएको जिकिर

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधनको मूल उदेश्य नै खारेज हुनेगरी संशोधन प्रस्ताव दर्ता गरेकी छन् । नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधनमा उक्त व्यवस्था नै हटाउन गिरीले संशोधन दर्ता गरेकी हुन् । 

गिरीले विधेयकको दफा २ खारेज गर्न माग गरेकी छन् । उक्त दफामा संविधानको धारा ९(२) को अनुसूची ३ संशोधन गर्ने सरकारको प्रस्ताव छ । 

गिरीको संशोधन प्रस्ताव उक्त निशान छाप परिवर्तनसम्बन्धी व्यवस्था हटाउन ल्याइएको हो।