संविधान संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अघि बढ्यो, अब के हुन्छ प्रक्रिया?

संविधान संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अघि बढ्यो, अब के हुन्छ प्रक्रिया?

काठमाडौं । नेपालको संविधान संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन भएको छ । मंगलबारको बैठकले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको हो । अब विधेयकमा सांसदहरुले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । जेठ १८ गते संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको थियो ।

विधेयक संशोधनका लागि अनुमोदन भएसँगै संशोधन प्रक्रिया एक चरण अघि बढेको छ।

संशोधन प्रक्रियामा अनुमोदन भएपछि विधेयकमा अब सांसदले तीन दिनको समय पाउनेछन् । संशोधन प्राप्त भएमा सभामुखबाट प्रमाणित गरी दफावार छलफलका लागि प्रतिनिधिसभामा नै पेस हुनेछ।

दफावार छलफलका लागि संशोधन अनुसार सदनमा रणनीति तय हुनेछ । संशोधन संख्या धेरै भएमा विशेष समिति बन्न सक्नेछ । संशोधन संख्या कम भएमा प्रतिनिधिसभामै छलफल गरेर पारितको प्रक्रिया अघि बढ्नेछ ।

संविधान संशोधन विधेयक पारितका लागि सदनमा दुई तिहाइ बहुमतको आवश्यकता पर्नेछ । हाल सबै दलहरुले विधेयकमा समर्थन गरेका छन् ।