एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन नयाँ विधेयक, कांग्रेस सांसदको गैरसरकारी विधेयक संसदमा

एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन नयाँ विधेयक, कांग्रेस सांसदको गैरसरकारी विधेयक संसदमा

काठमाडौं। ६० वर्षभन्दा कम उमेरका एकल महिला अशक्त र अपाङ्गता भएकालाई सामाजिक सुरक्षा दिने कानुनी व्यवस्थाका लागि सामाजिक सुरक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको छ । नेपाली कांग्रेसका सदस्य प्रकाश पन्थले बिहीबार राष्ट्रियसभामा विधेयक दर्ता गरेका हुन् । 

गैरसरकारी विधेयक दर्ता भएको हो ।

पछिल्लो समय सरकारले उक्त भत्ता नदिएको भन्दै आलोचना भइरहेको छ । सामाजिक सुरक्षा ऐनले सो समूहका नागरिकलाई भत्ता नदिनेगरी ऐन पारित गरेको थियो । ऐन पारित भएको करिब दुई वर्ष भइसकेको छ ।