ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, ८ घण्टापछि नियन्त्रणमा, धेरै घर जलेर नष्ट

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, ८ घण्टापछि नियन्त्रणमा, धेरै घर जलेर नष्ट

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।

त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।