काठमाडौँः ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई बिहीबार काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दियो । आदेश अनुसार अग्रवालले २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाए । र, छुट्ने प्रक्रिया प्रारम्भ गरे ।
तर, अदालत परिसरबाटै
उनी पुनः पक्राउ परे ।
कालोबजारी मुद्दामा धरौटी भए पनि
सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको मुद्दामा अग्रवालमाथिको अनुसन्धान जारी
रहेकाले पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि विभिन्न चार अभियोग लगाइएको छ ।
चैत २५ गते कालोबजारीको अभियोगमा उनी
पक्राउ परेका थिए । कीर्गिस्तानका अवैतनिक दूत समेत रहेका उनको पक्राउपछि उक्त
सुविधा सरकारले खोसिसकेको छ ।