भरतपुर काेराेना अस्पतालमा चाेरी !

भरतपुर काेराेना अस्पतालमा चाेरी !

चितवन ।  काेराेना उपचारका लागि भरतपुर स्थापित कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुलेनै समान ओसार्ने (चोर्ने) गरेको फुटेज सार्वजनिक भएपछि छानविन समिति गठन भएकाे छ ।

त्यहाँ कार्यरत कर्मचारीले रातकाे समयमा सामान ओसारेकाेा भिडियाे सार्वजनिक भएकाे थियाे । तर धेरैले त्यसलाई सामान चाेरी गरेकाे आराेप लगाए पछि छानविन समिति गठन भएकाे हाे ।

भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बरालसहितका व्यक्तिले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु लिएर बाहिर निस्किएकाे देखिन्छ । यस्ताेमा अस्पतालकाे सामान रातमा ओसार्नु पर्ने कारण के थियाे भन्ने प्रश्न उब्जिएकाे छ ।

रातको समयमा उनीहरुले अस्पतालको स्टोरबाट समान छानेर निकालेर पोका/पोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भन्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । यसबाहेक अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

भिडियाे बाहिरिए लगत्तै सोमबार बसेको कोरोना अस्पताल कार्यदलको बैठकले भिडियोको विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेकाे हाे ।

एक हप्ताभित्र छानविन सकेर प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

यसबाहेक महानगरले घट्नामा मुछिएका सबैलाई फिर्ता बाेलाउने निर्णय पनि गरेकाे छ ।