कार्यालय नगएका सरकारी कर्मचारी पनि लकडाउन अवधिको तलब भत्ता पाउने
नेपाल डेली
सोमबार, १५ बैशाख २०७७, २० : ४१ मा प्रकाशित
काठमाडौंः लकडाउनको अवधिमा कार्यालय नगएका सरकारी कर्मचारी पनि तलब भत्ता पाउने भएका छन् । मन्त्रिपरिषदको निर्णय अनुसार सोमबार राजपत्रमा उक्त सूचना प्रकाशित भएको छ । सूचना अनुसार सबै सरकारी कार्यालय, निकाय तथा उद्योगका कर्मचारीलाई तलब भत्ता दिइनेछ।
चैत ११ गतेदेखि लकडाउन लागू भए पनि प्रायः सबै कार्यालयले चैत महिनाको पारिश्रमिक दिइसकेका छन्। वैशाख महिनाको हकमा के हुने भन्ने अन्योलबीच सरकारले नयाँ विधि अपनाएको हो।
अब बिदामा रहेका कर्मचारीको अनुपस्थितिलाई सार्वजनिक बिदा सरह गणना गरिनेछ। र कर्मचारीलाई पारिश्रमिक र भत्ता उपलब्ध गराइनेछ। हेर्नुस् राजपत्र