पाँच वर्ष कैद सजाय माग गरिएका पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

पाँच वर्ष कैद सजाय माग गरिएका पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौँः पूर्व सचिव भीम उपाध्याय धरौटीमा रिहा भएका छन् । साइबर क्राइम मुद्दामा अदालतले उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालती प्रक्रिया पुर्‍याएर उनी रिहा भइसकेको काठमाडौँ जिल्ला अदालतका रजिस्ट्रार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उपाध्यायले सामाजिक सञ्जालबाट जातीय सुसम्बन्धमा खलल पु¥याउने काम गरेको, राजनीतिज्ञहरुमाथि गाली गलौज गरेको लगायतका अभियोग लगाइएको छ ।

सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध आइतबार मुद्दा दायर गरेको थियो । उनीविरुद्ध पाँच वर्षसम्म कैद सजायको माग गरिएको थियो ।