काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो।
कोशी अस्पतालमा भएको परीक्षणमा उनको
कोरोना पोजेटिभ देखिएको हो। ती पुरुष अस्पतालको सम्पर्कमा छन्। अवस्था सामान्य
रहेको अधिकारीले बताए।
यस्तै, कोरोना
संक्रमणबाट उपचार पछि घर फर्कनेको संख्या आइतबारसम्म १६ जना पुगेको छ।