पूर्व आइजिपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्धको जाहेरी प्ररहीले दर्ता गरेन, क्षेत्राधिकार नभएको भन्दै फिर्ता

पूर्व आइजिपी खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्धको जाहेरी प्ररहीले दर्ता गरेन, क्षेत्राधिकार नभएको भन्दै फिर्ता

काठमाडौँः महानगरीय प्रहरी परिसरले काठमाडौँले पूर्व आइजिपी सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत तथा कृष्णकुमार श्रेष्ठविरुद्ध जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीले खनाल, बस्नेत र श्रेष्ठविरुद्ध जाहेरी दर्ताका लागि पेस गरेको थियो।

तर, प्रहरीले घटना महोत्तरीमा घटेको भन्दै उतै जान सुझाव दिएको छ।

गत बुधबार खनाल, बस्नेत र श्रेष्ठले मिलेर पूर्व स्वास्थ्य राज्यमन्त्री यादवको अपहरण गरेको आरोप समाजवादीले लगाएको छ।

यद्यपि आरोपितहरुले महोत्तरी गएको स्वीकार गरे पनि कुने करकाप बिना नै यादवलाई काठमाडौँ ल्याइएको बताएका छन्। यादवले सुरुमा आफू अपहरित नभएको बताए पनि पछि कुरा फेरेका थिए।