काठमाडौँः जारी लकडाउन लम्ब्याउनेसम्बन्धी छलफलका लागि मन्त्रिपरिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ।
बैठकले उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन लम्ब्याउनेबारे निर्णय गर्नेछ।
शनिबारको समितिको बैठकले एक साता लकडाउन बढाउन सुझाव दिएको थियो। सुझाव समितिले प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ।
यस्तै लकडाउनको स्वरुपबारे पनि मन्त्रिपरिषदले निर्णय गर्नेछ। मुख्य सचिवको नेतृत्वमा स्वरुपबारे गृहकार्य गर्ने जिम्मेवारी दिइएको छ।