झारखण्ड : भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९) सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने दाबी गरेका छन्। रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।
उनले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’ रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने दाबी गरेका छन् । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।
गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ।