वीरगञ्ज : सीमा पारीको बजारबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई कुटपिट गरे पछि स्थानीयले सशस्त्र प्रहरीको विरोधमा उत्रिदै प्रहरी माथी ढुंगा प्रहार समेत गरेका छन् । भिस्वा सीमा नाका हुँदै भारत पुगेर तरकारी खरिद गरेर फर्किएका महिलाहरुलाई लखेटेर कुटपिट गरेको भन्दै स्थानीयले लकडाउनको पनि उल्लंघन गरेका छन् ।
स्थानीय बासिन्दाले सशस्त्र प्रहरीमाथि ढुंगासमेत प्रहार गरेको र सशस्त्र प्रहरीले पनि भिडलाई नियन्त्रणमा लिन लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय र सशस्त्र प्रहरीबीच तानव बढेपछि थप सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको थियो । नेपाली बजारभन्दा खाद्यान्न सामग्री सीमा पारीको बजारमा सस्तो पाइने हुँदा सीमावर्ती क्षेत्रका बासिन्दाले किनमेलका लागि भारतीय बजार रोज्ने गर्छन् । कोरोनाको त्रास नै नमानी लकडाउनमा सीमावर्ती बजार जान खोजेका महिलालाई रोक्दा स्थानीयले विरोध गरेको प्रहरी बताएका छन् ।