♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन्। नाफामुखी क्षेत्रमा लगानी गर्ने योजना छ भने हिम्मत गर्दा राम्रो फाइदा लिन सकिनेछ। अरूका कमजोरी औंल्याउनुको सट्टा आफ्नै बानीमा सुधार गर्नु श्रेयस्कर हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सहज र सुखद रहनेछ। परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ भने धार्मिक तथा आध्यात्मिक कार्यमा गरिएको प्रयास सफल बन्नेछ। साथीभाइको सहयोगले अड्किएका महत्त्वपूर्ण कामहरू बन्नेछन्।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ धनलक्ष्मी योग परेको छ, यसको पूर्ण सदुपयोग गर्नुहोला। यद्यपि, बोलीको प्रयोगमा सावधानी नअपनाए व्यवहारमा केही समस्या आउन सक्छ। स्वास्थ्यले साथ दिने हुनाले ऊर्जावान महसुस गर्नुहुनेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुनुका साथै परिवारसँगको सम्बन्ध अझ दरिलो बन्नेछ।
♋ कर्कट (हि, हु, हे, হো, डा, डि, डु, डे, डो)
आजको दिन सामान्य रहनेछ। सानातिना कुरामा अल्झिँदा केही झन्झट बढ्न सक्छ। साथीभाइको सहयोगले राजनीतिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ। व्यापारिक दृष्टिकोणले दिन सहज छ भने परिवारको साथ र प्रोत्साहन मिल्नेछ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन सहज र अनुकूल छ। निजी वा एक्लो प्रयासबाट गरिएका कामहरू बिना कठिनाइ सम्पन्न हुनेछन्। यद्यपि, साथीहरूबाट आएको सल्लाह गलत साबित हुन सक्ने भएकाले आज सचेत रहनुपर्छ। आजको दिन एकल निर्णय लिनु बढी फलदायी हुनेछ। गणेशजीको दर्शन वा पूजा गरेर दिनको सुरुवात गरेमा कार्यप्रगति राम्रो हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने दिन छ। दाजुभाइ वा इष्टमित्रसँगको परामर्श लिएर अगाडि बढ्दा सफलता हात लाग्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा मिल्नेछ र मनमा शान्ति छाउनेछ।
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोचेका योजनाहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र मनमा खुसी छाउनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्दै आफ्नो बानीमा परिवर्तन ल्याउनु बुद्धिमानी हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। दक्षिण दिशाको लामो यात्रा आज नगरेको राम्रो हुन्छ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन सामान्य नै रहनेछ। सानातिना विषयमा ठूला झन्झट वा विवाद उत्पन्न हुन सक्छन्। व्यापारमा गरिएको प्रयास सफल बन्नेछ भने प्राविधिक शिक्षाका क्षेत्रमा गरिएको लगानीबाट राम्रो मुनाफा मिल्नेछ। पारिवारिक जीवनमा साना कुराले मनमुटाव आउन सक्छ, त्यसैले संयम हुनुहोला। बिहान गणेशजीको स्मरण गरेर दिनको थालनी गर्दा सहजता आउनेछ।
♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अत्यन्त शुभ रहनेछ। साथीभाइको भरपुर सहयोग मिल्नेछ। राज्यको नोकरी वा प्रशासनिक क्षेत्रमा कार्यरत हुनुहुन्छ भने बढुवाको योग छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। परिवारको सल्लाह बमोजिम अगाडि बढ्दा कार्यसिद्धि हुनेछ र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
दिन सामान्य फलदायी छ। आज ठूला तथा जोखिमपूर्ण काममा हात नलार्नु नै उचित हुन्छ। स्वास्थ्यले राम्ररी साथ दिनेछ। बिहान उठेर पीपलको रुखको दर्शन गरी दिनको सुरुवात गरेमा सबै कार्यहरू सहजै सम्पन्न हुनेछन्।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा तथा पठनपाठनको क्षेत्रमा गरिएको लगानीबाट सफलता हात लाग्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रतर्फ भन्दा स्वदेशमै देखिएका अवसर र विकल्पहरूबाट मन प्रसन्न रहनेछ।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आजको दिन सामान्य प्रकृतिको छ। सञ्चित धन खर्च हुने योग रहेकाले आर्थिक कारोबारमा ध्यान दिनुहोला। आफ्नै साथीबाट आलोचना वा विरोध सुन्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा केही गडबडी देखिन सक्छ। विपक्षीको सहयोग मिल्नेछ भने परिवारको साथले महत्त्वपूर्ण कामहरू बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ।