-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सामान्यतया अनुकूल रहनेछ। बन्धुवान्धवसँगको सहकार्यले फाइदा पुग्नेछ भने पारिवारिक मेलमिलापबाट खुसीयाली छाउनेछ। तर, आफ्नो बोलीमा संयम नअपनाए अनावश्यक अप्ठेरो परिस्थिति आउन सक्छ। सम्पत्ति जोड्ने वा त्यसैको पछि मात्र कुद्ने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, सचेत रहनुहोला।
-
वृष (इ, उ, ए, ओ, बा, बि, बु, वे, बो): दिन अत्यन्त शुभ र फलदायी छ। योजनाबद्ध रूपमा गरिएका कामहरू सफल हुनेछन्। परीक्षामा उत्कृष्ट नतिजा हात लाग्नुका साथै स्वास्थ्यमा उल्लेखनीय सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगतिको बाटो खुल्नेछ भने विपक्षीहरू शान्त रहने हुनाले आफ्ना कामहरू सहजै सम्पन्न हुनेछन्।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन सकारात्मक रहनेछ। आर्थिक लाभ भई धन सञ्चय हुने योग छ। शिक्षामा प्रगति हुनुका साथै वैदेशिक क्षेत्रको आम्दानीले मन प्रफुल्लित बनाउनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। यद्यपि, विरोधीहरू सक्रिय रहन सक्ने भएकाले कुनै पनि कार्य गर्दा सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ।
-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन मिश्रित फलदायी अर्थात् सामान्य रहनेछ। साथीभाइबाट अपेक्षित सहयोग पाइने छैन। राजनीतिमा अग्रसर हुनबाट पछि हट्नु नै बेस हुनेछ। तपाईंको आलोचना गर्नेहरूको दायरा बढ्न सक्छ। शिक्षामा थप कडा मेहनत गर्नुपर्ने देखिएको छ भने परिवारभित्र सचेत र समझदारीपूर्ण व्यवहार गर्नुहोला।
-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सामान्य प्रकृतिको छ। कार्यक्षेत्रमा जिम्मेवारी र कामको बोझ थपिन सक्छ। बोल्दा विशेष विचार पुर्याउनुहोला। पारिवारिक मेलमिलाप कायम रहनेछ भने आज जीवनसाथी वा प्रेमिकाको न्यानो साथ र प्रेरणा मिल्नेछ।
-
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): दिन अत्यन्त शुभ र लाभदायक छ। आर्थिक क्षेत्रमा फाइदा पुग्नेछ। व्यापार-व्यवसायमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। गुरुजन वा अनुभवी व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा ठूलो सफलता हात लाग्नेछ। आफन्तहरूको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ।
-
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन राम्रो र उत्साहवर्धक छ। शिक्षामा गरिएको कडा मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यगत समस्याहरूमा सुधारका संकेत देखा पर्नेछन्। गुरुजनसँगको भेटघाटाले मान-सम्मानमा बृद्धि गराउनेछ। परिवारको स्नेह र सहयोग निरन्तर रहनेछ।
-
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सामान्य नै रहेको छ। आज यात्राका क्रममा विशेष सतर्कता अपनाउनुहोला। स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ। यद्यपि, शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा गरिएको सेवाबाट मानिसहरूको प्रशंसा र असर मिल्नेछ।
-
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन अति उत्तम र फलदायी रहनेछ। विशेष योग (धनलक्ष्मी योग) परेकाले आम्दानीमा भारी बृद्धि हुनेछ। व्यापारमा अपेक्षकृत फाइदा र शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। विपक्षीहरू बौद्धिक भएकाले उनीहरूको तर्क र विरोधको आवाजलाई पनि ध्यान दिनुपर्नेछ।
-
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि): दिन सकारात्मक छ। आफ्नो सम्पत्ति तथा स्रोत-साधनको सहि सदुपयोग गर्ने समय आएको छ। स्वदेशमै विभिन्न अवसर र विकल्पहरू देख्दा मन प्रसन्न हुनेछ। शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। यद्यपि, धार्मिक तथा आध्यात्मिक विषयप्रति अविश्वास वा उदासीनता बढ्न सक्छ।
-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन सामान्य रहनेछ। अनावश्यक खर्चमा बृद्धि हुन सक्छ। साथीभाइहरूसँग सानातिना कुरामा मनमुटाव वा विवाद हुन सक्ने भएकाले बोल्नुअघि राम्ररी सोच्नुहोला। शिक्षामा केही ढिलासुस्ती हुनसक्ने जोखिम छ। स्वास्थ्यको मामिलामा भने सुधार आउनेछ।
-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन सामान्य प्रकृतिको छ। यात्राको क्रममा अनावश्यक खर्च बढ्न सक्छ। यद्यपि, केही अप्ठ्यारो परिस्थितिमा पनि तपाईंको नाम र कामको चर्चा हुनेछ। पारिवारिक वृत्तभन्दा बाहिरका साथीहरूले तपाईंको कार्यको प्रशंसा गर्नेछन्। दिनको सुरुवात कुनै धार्मिक वा सात्विक कार्यमा सहभागी भएर गर्नु लाभदायक हुनेछ।