मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ। राज्यको निगरानीमा रहने समय रहेकाले कुनै पनि काम गर्दा विशेष सतर्कता अपनाउनु आवश्यक छ। परिवारको साथ र सहयोग भरपुर मिल्नेछ भने शिक्षा क्षेत्रमा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र सामाजिक क्षेत्रमा गरिएको प्रयासबाट लाभ मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाईंका लागि आजको दिन सामान्य नै छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले कार्यक्षेत्रमा कम बोलेर काम गर्नु नै उचित हुन्छ। परिवारका सदस्यहरूको सुझावलाई आत्मसात् गरेर अगाडि बढेमा व्यापारमा राम्रो फाइदा हुनेछ। साथै, कृषि क्षेत्रमा संलग्नहरूका लागि नाफा हुने योग रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन सहज र अनुकुल रहनेछ। साथीभाइको न्यानो सहयोग प्राप्त हुनेछ भने परोपकारी कार्यमा मन संलग्न हुँदा आत्मिक शान्ति मिल्नेछ। राम्रा कामहरूको चौतर्फी प्रशंसा हुनेछ। स्वदेशमै काम गर्ने नयाँ विकल्प देख्दा मन प्रसन्न हुनेछ तथा प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन समग्रमा राम्रो छ। यद्यपि, खर्चलाई नियन्त्रणमा राख्नु बुद्धिमानी हुनेछ। स्वास्थ्यले पूर्ण साथ दिनेछ र नयाँ काम थालनी गर्न शरीरमा ऊर्जा थपिनेछ। शिक्षाको क्षेत्रमा झुकाव बढ्नेछ भने बौद्धिक व्यक्तित्वहरूसँगको भेटघाटले मनलाई शान्त र प्रफुल्लित बनाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन उत्तम रहनेछ। बौद्धिक साथीहरूको साथ र सहयोग मिल्नेछ। भविष्यका लागि दीर्घकालीन योजनाको तय गर्दा ठूलो फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रभन्दा शिक्षा क्षेत्रमा गरिएको लगानीले विशेष उन्नति गराउनेछ। तर, परिवारका सदस्यहरूप्रति अन्धविश्वास गर्दा धोका हुने जोखिम रहेकाले व्यावहारिक लेनदेनमा सचेत बन्नुपर्ने दिन छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवहार गर्दा ख्याल नपुर्याएमा सञ्चित धन खर्च हुन सक्छ। आजको दिन ठूला तथा जोखिमपूर्ण योजनाहरूको सुरुवात नगर्नु उचित हुन्छ। दाजुभाइ तथा बन्धुवान्धवको राम्रो साथ रहनेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नुका साथै राज्यतर्फबाट लाभको पद प्राप्त हुने योग बनेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन राम्रो छ र आम्दानीका स्रोतहरू धेरैतिरबाट खुल्नेछन्। राम्रो कमाइ भए पनि सामाजिक प्रतिष्ठा वा इज्जतमा भने आँच आउने खतरा देखिन्छ, सचेत हुनुहोस्। यदि कुनै कानुनी विवाद वा मुद्दा मामिला चलिरहेको छ भने फैसला तपाईंको पक्षमा आउने सम्भावना छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन सुखद र राम्रो छ, जसले गर्दा मन प्रसन्न रहनेछ। धन सञ्चय गर्ने क्रममा आफ्नो इज्जत र प्रतिष्ठाको विशेष ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरिएको प्रयासहरू सार्थक बन्नेछन्। यद्यपि, पारिवारिक मामिलामा भने केही समस्या उत्पन्न हुने जोखिम देखिन्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे) तपाईंको कला र वाक्पटुता (गला र कला) को उच्च प्रशंसा हुनेछ। साथीभाइको सहकार्यमा सुरु गरिएका कामहरू सफल बन्नेछन्। यद्यपि, तपाईंको प्रगति देखेर ईर्ष्या गर्ने र खुट्टा तान्ने व्यक्तिहरू सक्रिय हुन सक्ने भएकाले सतर्क हुनुपर्छ। परिवारको सल्लाह मानेर अगाडि बढेमा फाइदा हुनेछ तथा यात्रा गर्दा जोगिनुहोला।
मकर (भो, जा, जि, जु, जे, जो, खो, खि, खु, खे, खो, गा, गि) तपाईंका लागि आजको दिन सामान्य रहनेछ। अचानक धन खर्च हुने योग भएकाले मन केही अशान्त बन्न सक्छ। सकेसम्म पूर्वतर्फको लामो यात्रा नगरेको बेस हुन्छ। दिनको सुरुवात कुनै धार्मिक कार्य वा पूजापाठबाट गरेमा सोचेका कामहरू बन्न सक्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानोतिनो कुराले पनि झन्झट वा विवाद आइपर्न सक्छ, त्यसैले हरेक काममा सावधानी अपनाउनुहोला। शुभग्रहको अनुकूल स्थिति रहेकाले तपाईँका प्रयासहरू अन्ततः सफल बन्नेछन्। परिवारबाट पूर्ण साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना कुराले पनि मनमा अपार खुसी छाउनेछ। स्वादिष्ट मिष्ठान्न भोजनको अवसर जुरेco छ भने समाजमा मान–सम्मान प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र मिल्ने साथीहरूसँगको भेटघाटले मनलाई शान्त र आनन्दित तुल्याउनेछ।