दैनिक राशिफल: आज यी राशिलाई विशेष लाभ, कसको दिन कस्तो रहला?
नेपाल डेली
विहीबार, ०३ मंसिर २०८३, ०६ : २१ मा प्रकाशित
मेष: दिन समग्रमा राम्रो छ। सम्पत्तिको सहि सदुपयोग गर्नुहोला, जसले भविष्यमा लाभ दिनेछ। आफूभन्दा ठूला वडागुरु वा अग्रज व्यक्तिको विशेष सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका सकारात्मक संकेतहरू देखिनेछन् भने प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।
वृष: दिन निकै अनुकूल र शुभ छ। जग्गा-स जमिनसम्बन्धी कारोबारबाट राम्रो फाइदा हात लाग्नेछ। व्यक्तिगत लगानीबाट मुनाफा आर्जन हुनेछ भने पढाइमा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारको न्यानो साथ र पूर्ण सहयोग रहनेछ।
मिथुन: दिन रमाइलो र सकारात्मक छ। राजनीतिक क्षेत्रमा उन्नति तथा पदोन्नति हुने योग छ। समाजमा तपाईंको कामको उच्च चर्चा हुनेछ। स्वदेशको वातारणभन्दा विदेशी रमझम वा यात्रातर्फ मन आकर्षित हुन सक्छ। व्यापारमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।
कर्कट: दिन सामान्य फलदायी छ। आज बोलीमा विशेष संयमता अपनाउँदै थोरै बोलेर अघि बढ्नु बुद्धिमानी हुनेछ। तपाईंले राम्रो कुरा बोल्दा पनि अरूले गलत अर्थ लगाउन सक्नेछन्। राजनीति तथा सामाजिक क्षेत्रमा केही घाटा वा अवरोध आउन सक्छ। खानपानमा विशेष ध्यान नपुर्याए स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ।
सिंह: दिन राम्रो रहनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका लक्षण देखिनेछन्। आफ्ना व्यक्तिगत कुराहरूमा गोपनीयता कायम राख्नु बुद्धिमानी हुनेछ। नजिकैको कुनै धार्मिक स्थलको यात्रा तय हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।
कन्या: दिन सामान्य रूपमा वित्नेछ। स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रमा नयाँ जोश र जाँगर बढ्नेछ। यद्यपि, कृषि र जग्गासम्बन्धी कारोबारमा भने केही नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
तुला: दिन अत्यन्त शुभ छ। अरूको विवाद वा झगडाबाट तपाईंलाई अप्रत्याशित फाइदा पुग्न सक्छ। स्वास्थ्य लाभ मिल्नेछ भने शिक्षामा गरिएको प्रयासहरू सफल बन्नेछन्। धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ। परिवारका साथ रमाइलो र खुसीको पल बिताउने दिन छ।
वृश्चिक: दिन सामान्य रहेको छ। विरोधीहरू सक्रिय हुन सक्ने भएकाले कुनै पनि काम गर्दा निकै सचेत बन्नुपर्ने दिन छ। यद्यपि, हरेक कठिन परिस्थितिमा परिवारको न्यानो साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता पाउन थप कडा मिहिनेत गर्नुपर्नेछ।
धनु: आज यात्राका क्रममा विशेष सावधानी र सजगता अपनाउनु पर्नेछ। तपाईंलाई साथ र सहयोग गर्ने साथीहरूको दायरा बढ्नेछ। यदि स्वास्थ्य उपचारको क्रममा हुनुहुन्छ भने स्वास्थ्य लाभ हुनेछ। अनुभवी अग्रजहरूको सल्लाह र सुझावअनुसार अघि बढेमा कार्यमा सफलता मिल्नेछ।
मकर: दिन एकदम राम्रो छ। तपाईंका मनमा सोचेका सम्पूर्ण कामहरू सहजै बन्नेछन्। कतै हराएका महत्त्वपूर्ण सामानहरू फेरि भेटिने सम्भावना छ। संकटको बेला साँचो मित्रको साथ मिल्नेछ। परिवारसँगको सम्बन्धमा आएका χिसहरू सुध्रिएर जानेछन्।
कुम्भ: दिन उत्कृष्ट छ। व्यापार व्यवसायमा केही महत्त्वपूर्ण र दुरगामी निर्णय लिइनेछ। विश्वास गरेका पात्रहरूबाट पूर्ण साथ र समर्थन पाइनेछ। स्वास्थ्य उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा द्रुत सुधार आउनेछ। धार्मिक क्षेत्रका व्यक्तित्वहरूसँगको भेटघाटले मनमा शान्ति प्रदान गर्नेछ।
मीन: दिन सामान्य रहनेछ। तपाईंका विरोधीहरू सक्रिय हुन सक्छन् र तपाईंबाट अनावश्यक फाइदा लिन खोज्नेहरूबाट बच्नुपर्नेछ। खानामा अरुचि वा पाचनसम्बन्धी सामान्य समस्या देखिन सक्छ। यद्यपि, प्रेम सम्बन्ध भने सुमधुर र प्रगाढ रहनेछ।