मेष: आजको दिन समग्रमा राम्रो रहेको छ। व्यापार तथा राजनीतिक क्षेत्रमा प्रगतिको योग छ भने राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ।
वृष: आज धनलक्ष्मी योग परेको छ। आम्दानीका नयाँ बाटाहरू खुल्ने हुँदा मन प्रसन्न हुनेछ। पारिवारिक मेलमिलाप कायम हुनुका साथै मिल्ने साथीको सहयोग मिल्नेछ। शुभकार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु लाभदायक हुनेछ।
मिथुन: बौद्धिक क्षेत्रमा प्रगति हुनुका साथै राजनीतिक क्षेत्रबाट फाइदा मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धमा पनि सफलता प्राप्त हुनेछ।
कर्कट: आजको दिन सामान्य रहेको छ। साथीभाइबाट असहयोग हुन सक्ने जोखिम रहेकाले सजग रहनुहोला। आफ्नो मूल्यांकन गर्ने क्षमताको विकास गर्नुपर्ने देखिन्छ भने पश्चिम दिशाको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा केही तनाव बढ्न सक्छ।
सिंह: दिन उत्साहजनक रहेको छ। आज सोचेका कामहरू बन्नेछन्। परिवारको साथमा रमाइलो पल बिताउने अवसर जुर्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक व्यक्तिको भेटले मन शान्त रहनेछ।
कन्या: दिन सामान्य नै रहे पनि केही सावधानी अपनाउनु पर्नेछ। अरूले गरेको त्रुटिको जिम्मा वा आरोप तपाईंमाथि लाग्न सक्ने जोखिम छ। अचानक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ भने शिक्षामा ढिलासुस्ती हुन सक्छ। परिवारको सल्लाह र साथ लिएर अगाडि बढ्नु उपयुक्त हुन्छ।
तुला: आजको दिन सकारात्मक छ। तपाईंको कला र वाक्पटुताको प्रदर्शन गर्नुपर्ने दिन रहेको छ। परिवारका सदस्यको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति तथा स्वास्थ्यमा सुधार हुनेछ। समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ।
वृश्चिक: आजको दिन मिश्रित तथा केही सतर्कता अपनाउनु पर्ने खालको छ। सञ्चित धन खर्च हुने सम्भावना छ। विपक्षीहरू बलिया हुन सक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुहोला। संकटको समयमा परिवारको साथ मिले पनि प्रेम सम्बन्धमा धोका हुन सक्ने भएकाले सजग रहनुहोला।
धनु: समझदारीपूर्वक काम गर्नुपर्ने दिन छ। समग्रमा दिन राम्रो रहेको छ। विदेशतर्फ मन आकर्षित हुनेछ भने व्यापारमा गरिएको लगानीले फाइदा दिनेछ। परिवारको साथमा हुने यात्रा सहज बन्नेछ। यद्यपि, आजको दिन राजनीतिबाट टाढै रहनु उचित हुन्छ।
मकर: दिन अनुकूल रहनेछ। साथीभाइको सहयोग मिल्नुका साथै जागिरमा बढुवाको योग छ। विपक्षीसँग विवाद नगरी आफ्नो काममा ध्यान दिनु श्रेयस्कर हुन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा चासो बढ्नेछ र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ: आजको दिन निकै सकारात्मक छ। स्वास्थ्यमा सुधार आउनेछ भने व्यापारमा राम्रो फाइदा हुनेछ। गुरुजनको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्ति तथा स्रोतको सही सदुपयोग गर्ने समय छ। स्वदेशमै रोजगारीका नयाँ अवसरहरू मिल्न सक्छन्।
मीन: आजको दिन सामान्य रहेको छ। कुनै पनि काम गर्दा सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। अनावश्यक रूपमा सञ्चित धन खर्च हुन सक्छ। परिवारभित्र वादविवाद हुनबाट बच्नुहोला। कुनै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मानसिक शान्ति र लाभ मिल्नेछ।