काठमाडौं उपत्यकामा २४ घण्टामा ९१० सवारी चालक कारबाहीमा, मापसे गर्ने मात्रै १०० जना

काठमाडौं उपत्यकामा २४ घण्टामा ९१० सवारी चालक कारबाहीमा, मापसे गर्ने मात्रै १०० जना

काठमाडौं।  ट्राफिक नियम उल्लंघन गर्ने ९१० वटा सवारीसाधनका चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमध्ये मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०० जना र तीव्र गतिमा सवारी हाँक्ने ८२ जना चालक रहेका छन्।

त्यसैगरी, सिसिटिभी निगरानीमार्फत ४४ जना, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ४४ जना, रातो बत्ती उल्लङ्घन गर्ने ३७ जना र हर्न निषेध क्षेत्रमा हर्न बजाउने २० जना चालकलाई कारबाही गरिएको छ। ट्राफिक नियमका अन्य विविध कसुरमा ५४४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।