काठमाडौं। औपचारिक भ्रमणका क्रममा नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
आज अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय आर्थिक सहकार्य, व्यापार तथा विकास साझेदारिका विविध आयोजनाहरूबारे विस्तृत छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
उक्त अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्याय, परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।