नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ।

मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीबारे पनि भेटमा छलफल हुने बताइएको छ ।