डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । सरकारले बुधबार चार सदस्यीय वार्ता टोली गठन गरेको हो । 

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव  प्रतिनिधि सदस्य रहेका छन् । 

प्रा. डा. केसी पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै अनशन बसेका छन् ।