रोल्पामा अटो दुर्घटनामा दुई जनाको मृत्यु

रोल्पामा अटो दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रोल्पाको घर्ती गाउँदेखि पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई जनाको यात्रुको मृत्यु भएको छ भने चालकले हाम फालेर ज्यान बचाएको बताएका छन् ।

आइतबार बिहान लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटोमा दुई जना यात्रु लिएर हिंडेकोमा ब्रेक फेल भएर सडकदेखि करिब ६०० मिटर तल खसेको तर चालकले बीचमै हाम फालेर जोगिएको प्रहरीलाई जनाएका छन् ।

सो घटनामा परेर माडी गाउँपालिका–१ घोर्नेटी रोल्पाकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको जिल्लाका प्रवक्ता राजेन्द्र चन्दले जनाएका छन् ।

उनका अनुसार घटनापछि नियन्त्रणमा लिइएका चालक माडी– ३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढाले ब्रेक फेल भएर नियन्त्रणमा लिन नसकेपछि हाम फालेको जनाएका छन् । चन्दले बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाए ।