रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको एमाले सांसदको आरोप

रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको एमाले सांसदको आरोप

काठमाडौँ । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोप लगाएपछि रास्वपाले नियमापत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले गत साता सर्वोच्चमा आगलागी भएको विषयमा प्रश्न उठाउँदै सभापति लामिछानेको निर्देशनमा घटना भएको आरोप लगाइन्। उनले भनिन्, ‘गत भदौ २३ र २४ गते सर्वोच्च अदालत जलाउँदा अहिले जल्न बाँकी कुन कुन फाइल रहेछ र कोठा छानिछानी फेरि आलो लाग्दै छ। त्यो के फाइल थियो र पटक–पटक जल्छ। जेनजी आन्दोलन अगाडि नै रास्वपा सभापति एवम् गृहमन्त्रीले कुनकुन फाइल कुन अदालत र कति नम्बर कोठामा रहेछ भनेर निर्देशन दिएर जलाउँदा पनि कुन फाइल बाँकी रहेछन् र जल्दैछन्।’

ती फाइल किन जलाइयो संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरिन्। उनले सरकारले न्यायपालिकामाथि निरन्तर प्रहार गरिरहेको पनि आरोप लगाइन्। सांसद श्रेष्ठको आरोपप्रति रास्वपा सांसद लालविक्रम थापाले आपत्ति जनाए।

पार्टी सभापतिलाई जोडेर अफवाह फैलाइएको भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

छुटाउनुभयो कि ?