कांग्रेस युवा केन्द्रीय सदस्यको मतपरिणाम : सचिन तिमल्सेना पहिलो, यस्तो छ २७ उम्मेदवारको मत

कांग्रेस युवा केन्द्रीय सदस्यको मतपरिणाम : सचिन तिमल्सेना पहिलो, यस्तो छ २७ उम्मेदवारको मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ केन्द्रीय सदस्य पदको मतगणनामा सचिन तिमल्सेनाले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन् भने सुशील भट्ट ८८२ मतसहित दोस्रो स्थानमा छन्।

यस समूहबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। प्राप्त मतअनुसार इन्जिनियर अभिषेक आत्रेय ७९२ मतसहित तेस्रो, आदर्श मल्ल ७८५ मतसहित चौथो, डा. आयुष बगाले ७१८ मतसहित पाँचौँ र इन्जिनियर रोशन बस्नेत ६६० मतसहित छैटौँ स्थानमा छन्।

त्यस्तै, सौगात थापा ५५२ मतसहित सातौँ स्थानमा छन्। आठौँ स्थानमा रहेका इन्जिनियर शैलेश मिश्रले ५२१ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच ३१ मतको अन्तर छ।

पछिल्लो मतपरिणामअनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत यसप्रकार छ :

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ सचिन तिमल्सेना ९२९
२ सुशील भट्ट ८८२
३ इन्जिनियर अभिषेक आत्रेय ७९२
४ आदर्श मल्ल ७८५
५ डा. आयुष बगाले ७१८
६ इन्जिनियर रोशन बस्नेत ६६०
७ सौगात थापा ५५२
८ इन्जिनियर शैलेश मिश्र ५२१
९ उषा सापकोटा ४५८
१० विनोदराज जोशी ४३९
११ यजशिव राई ४३०
१२ मदनराज उपाध्याय ४२९
१३ विजय गुरुङ ४१६
१४ श्यामराज ओझा ३८७
१५ भुपेन्द्र सिंह थेवे ३४६
१६ सागर विक ३३४
१७ केशरजंग बम ३२५
१८ पवन आचार्य ३१८
१९ उस्प्रार सुनार २८६
२० खगेन्द्र आचार्य २६४
२१ सूर्य न्यौपाने २५९
२२ मेधराज थापा २३७
२३ सुजन सापकोटा २२९
२४ नरबहादुर खड्का (नरेश) १९२
२५ प्रकाश उप्रेती १५८
२६ ओजश शर्मा १३९
२७ मोजाहिद हक ९३

मतपरिणामअनुसार पहिलोदेखि सातौँ स्थानसम्म रहेका उम्मेदवारहरू निर्वाचित हुने सात पदका लागि अगाडि देखिएका छन्। तर, मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक नभएसम्म निर्वाचित हुने उम्मेदवारहरूको औपचारिक टुंगो लाग्ने छैन।

छुटाउनुभयो कि ?