विवादमा रास्वपा सांसद खगेन्द्र सुनार: सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

विवादमा रास्वपा सांसद खगेन्द्र सुनार: सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारलाई कुनै पनि औपचारिक तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाएको छ। एक महिलालाई धम्की दिएको र ब्ल्याकमेलिङ गरेको अडियो टेप सार्वजनिक भएपछि पार्टीले उनीमाथि यो कदम चालेको हो।

रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, उक्त घट्नाको यथार्थ बुझ्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइसकिएको छ।

अनुसन्धान प्रक्रिया निष्पक्ष होस्, प्रभावित नहोस् र पदीय मर्यादा कायम रहोस् भन्ने उद्देश्यले छानबिनको अन्तिम निष्कर्ष नआएसम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

छुटाउनुभयो कि ?