आज देशका यी भूभागमा वर्षाको सम्भावना

आज देशका यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं। देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि सामान्य बदली रहेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

आज दिउँसोको मौसम

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम

आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?