कांग्रेस महाधिवेशन : कहिले आउँछ अन्तिम मतपरिणाम ? के भन्छ निर्वाचन समिति ?

कांग्रेस महाधिवेशन : कहिले आउँछ अन्तिम मतपरिणाम ? के भन्छ निर्वाचन समिति ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको छ।

अधिवक्ता कटुवालका अनुसार, कुल २३ वटा मतगणना स्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना भइरहेको छ। यस प्रक्रियामा करिब १ लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ। बढ्दो मतदाता सङ्ख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागिपरेको बटुवालले बताए । 

कटुवालका अनुसार नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, सह–महामन्त्री ९महिला र खुला० ४ स्थानमा, पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको कटुवालको भनाइ छ । 

कटुवालले पार्टीको भौतिक संरचनाले भ्याएसम्मको स्थानहरूमा मतगणना भइरहेको र थप स्थलहरूका लागि कार्यालय बाहिर टेन्ट टाँगेर भए पनि मतगणनाको सङ्ख्या बढाउने प्रयास भइरहेको छ जानकारी दिए । 

अघिल्लो पटकको महाधिवेशनमा मतगणनाका लागि करिब १२ दिनको समय लागेको स्मरण गराउँदै कटुवालले भने, ‘यस पटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ। हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ।’

विभिन्न समावेशी क्लस्टर, पेसागत समूह र द्वन्द्वपीडित लगायतका क्षेत्रहरूको छुट्टाछुट्टै मतगणना भइरहेकाले यस पटकको निर्वाचन प्रक्रिया थप जटिल भए पनि निर्वाचन समितिले व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको उनले बताए । 

छुटाउनुभयो कि ?