उपत्यकाबाहिर धनगढीमा कोरोनाको चौथो संक्रमित भेटियो

उपत्यकाबाहिर धनगढीमा कोरोनाको चौथो संक्रमित भेटियो

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो संक्रमणको बारेमा जानकारी दिएका हुन् । 

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए। दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

स‌ंक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवबोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन्। उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो।