काठमाडौँ । यही असोज ८ गतेदेखि शुरु भएको न्युनचापिय मनसुनका कारण देशैभर भएको अविरल वर्षा र बाढीको कारण विभिन्न प्रसारण लाइनमा क्षति पुगेको छ ।
मनसुनका कारण प्रसारण लाइन मार्फत प्रवाह हुने विद्युत् उत्पादन केन्द्रको विद्युत् उत्पादन प्रभावित हुन पुगेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार नदीमा आएको बाढी तथा अत्यधिक बहावका कारण गण्डकी प्रदेशका केही स्थानमा विद्युत् उत्पादन केन्द्र बन्द अवस्थामा पुगेकोले विद्युत् आपूर्तिमा समेत केही असहज अवस्था आएको छ ।
हालसम्म बाढीको कारण कालिगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइन मार्फत प्रवाह हुने १३ बटा उत्पादन केन्द्रका करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
यस बाहेक म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा अवस्थित थप १४ वटा उत्पादन केन्द्रका करिब ६३० मेगावाट विद्युत् उत्पादन केन्द्र समेत मदिना अत्यधिक बहावका कारण बन्द अवस्थामा रहेकोले हाल उत् पत्र बाढीका कारण विद्युत् प्रणालीमा समग्रमा करिब करिब मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन गएको छ । यसका कारण विद्युत् आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत् खपत घटाई व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत कम्पनीबाट प्रवर्द्धित राहुघाट जलविद्युत केन्द्र (४० मेगावाट)को स्वीचयार्डमा कालिगण्डकी नदीले कटान गरी क्षति पुर्याएको छ ।
यस्तै, कुलेखानी स्थित ईन्द्रसरोवरको आज दिउँसो १ बजेसम्मको पानीको सतह १५२६.४२ मिटरमा पुगेको छ र पानीको सतह सुरक्षित तहमा कायम राख्न उत्पादन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालनमा राखिएको प्राधिकरणले जनाएको छ ।