अब आधा मात्र भरिएको ग्यास सिलिण्डर पाइने...

अब आधा मात्र भरिएको ग्यास  सिलिण्डर पाइने...

काठमाडौं: नेपाल सरकारद्धारा अब आधा मात्र ग्यास भरिएको सिलिण्डर जनतालाई प्रधान गरिने भएको छ ।ग्यास उद्योगहरुलाई निर्देशन दिदै नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा उपलब्ध गराउन भनिएको हो ।हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

मागअनुसार ग्यास पुर्‍याउन नसकेपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे ।

अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च रहेको छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको हो।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरे भन्छन्, हामीले आधा भर्न सुरु गरिसकेको छैनौं । सरकारबाट थप निर्देशन कुरिरहका छौं ।’