लकडाउनमा प्रहरीको दादागिरि: साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनायो

लकडाउनमा प्रहरीको दादागिरि: साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनायो

भैरहवा: लकडाउनको अवज्ञा गरने १२ जना साइकल चलाउलाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

ड्युटीमा कार्यरत ट्राफिक प्रहरीले भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर अमानवीय व्यवहार तथा बहादुरी देखाएको एक स्थानीय बासीले बताए।