कोरोना कोषमा सांसदको एक महिनाको तलब जम्मा गरौं:गगन थापा
नेपाल डेली
सोमबार, १० चैत्र २०७६, १५ : ०६ मा प्रकाशित
काठमाडौँ: हिजोमात्रै सरकारले गठन गरेको कोरोना कोषमा नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सबै सांसदको एक महिनाको तलब सो कोषमा जम्मा गर्न आग्रह गरेका छन्।
आज विहान आफ्नो फेशबुक पेजमा एक स्टाटस लेख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले यस्तो आग्रह गरेका छन्,‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पारोस्।”