जान्नुहोस्आगामी तीन दिनको मौसम ...

जान्नुहोस्आगामी तीन दिनको मौसम ...

काठमाडौं:जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू(भागमा आंशिक बदली रहे पनि अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पहाडी भू:भागमा आंशिक बदली रही बाँकी भू:भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू :भागमा आंशिक बदली रही बाँकी भू:भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०५ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू:भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू:भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु:भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू:भागमा आंशिक बदली रही बाँकी भ:भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु:भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

चैत्र ०६ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भू:भागमासामान्य बदली रही बाँकी भू:भागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु:भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू:भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।