प्रहरीको गोदाममा नै थन्कियो १० लाख थान भन्दा बढी मास्क

प्रहरीको गोदाममा नै थन्कियो १० लाख थान भन्दा बढी मास्क

काठमाडौँ:अहिले बजारमा मास्क र स्यानिटाइजरको चरम अभाव भएको छ । कालोबजारी गर्न चाहानेहरु मास्क ठुलो परिमाणमा लुकाएर राखेका थिए । सरकारले निर्देर्शन दिए पछि कालोबजारी नियत्रन्ण गर्ने क्रममा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा मास्क बरामद गरेका हुन् । प्रहरीले आजको मिति संम करिब १० लाख थान भन्दा बढी मास्क बरामद गरेको छ, तर त्यती ठुलो परिमाणको मास्क अहिले महानगरीय प्रहरी परिसर टेकुको गोदाममा शिलबन्दी गरेर थन्काइएर राखिएको अवस्थामा छ ।

विश्वभर कोरोना भाइरसको त्रासले नेपाली बजारमा मास्कको चरम अभाव भइरहेको बेलामा प्रहरीले बरामद गरेको १० लाख थान भन्दा बढी मास्क ‘कानुनी प्रक्रिया पूरा नभएसम्म बरामद सामग्री प्रहरी संगै रहने बताएका छन् । कानुनी प्रक्रिया सिडिओको निर्णयमा भर पर्नेछ र ‘कालोबजारी सम्बन्धी कसुर हेर्ने अधिकार सिडिओसँग रहेको जानकारी दिएका छन्। मुद्दा टुङ्गो नलागेसम्म बरामद मास्क जफत नै रहनेछ । प्रक्रिया टुंगो लागेपछि जफत गरिएको मास्क नेपाल सरकारबाट बिक्री हुनसक्ने कानुनी व्यवस्थामा रहेको छ । बजारमा मास्कको चरम अभाव भइरहेको बेला मास्क थन्क्याउनु भन्दा टेण्डर प्रक्रिया गरेर कसैलाई बेच्ननु उचित होला ।

कालाबजारीयालाई नियन्त्रणमा लिने सरकारी अभियान अन्तर्गत सोमबार राजधानीको सतुगंलबाट १७७ वटा बोरामा ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गरेका छन् । बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ र कालोबजारी गर्न लुकाइएको मास्क ओसार्नका लागी प्रहरीलाई आठवटा गाडी लागेको बताईएको छ ।