काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि फलोअपका लागि शिक्षण अस्पतालमा जान लाग्नु भएको छ । प्रधानमन्त्री ओलीको मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको हुदा उँहा शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जनाए अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आजै नै मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने छ किन भने त्यो राखेको धेरै दिन भइसक्यो। धेरै राख्नुपनि हुँदैन । यो सामान्य प्रक्रिया हो र स्टेन्ट निकालेर प्रधानमन्त्री ओली फर्किनुहुन्छ। उनको अन्य कुनै परीक्षण हुने र नहुनेबारे भने चिकित्सकहरुले केही बताएनन्।
आजै नै प्रधानमन्त्री ओलीले ५:१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।