सुनसरी :जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ ।
भारतको विहार राज्यमा मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।
तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ मदिरा लगिरहेको छ भनी गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले ट्र्याक्टरसहित ‘दिलवाले’ नामक मदिरा बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । बरामद गरिएको ट्र्याक्टरसहितको मदिरा सेतुबन्ध भन्सार कार्यालय कोशीब्यारेगमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।