प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा लगभग साढे चार घण्टा लगाएर सफलतापूर्वक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको छ । उक्त प्रत्यारोपणमा नेतृत्व मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. प्रेम ज्ञवाली गरेका थिए ।

प्रा.डा. प्रेम ज्ञवालीले जनाए अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार १०, सवा १० बजेको हाराहारी शल्यक्रिया कक्ष भित्र लगेएको थियो। शल्यक्रिया साढे १० बजेबाट सुरु भयो। दुईटा शल्यक्रिया ‘साइड बाइ साइड’ गरिएको थियो। सम्पूर्ण प्रक्रिया सकिँदा साढे चार घण्टा लाग्यो। उहाँका पहिलो प्रत्यारोपण गर्दा दायाँतर्फ मिर्गौला राखिएको थियो। त्यसैले हामीले अहिले बायाँतर्फ मिर्गौला राखेको जानकारी दिनुबयो।

अहिले उहाँको अवस्था सामान्य छ। होस आइसकेको छ। कुरा गर्नसक्नु हुन्छ। तर हामीले उहाँलाई आराम गर्न दिनका लागि कुनै कुराकानी गरेका छैनौं। उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ। उहाँको सबै भाइटल्सहरु ठिक छ। प्रेसर, अक्सिजनको मात्रा सबै ठिक छ। साथै प्रत्यारोपित मिर्गौलाबाट पिसाब पनि भइरहेको छ। अहिले पौने ८ बजेसम्ममा २ देखि ढाई लिटरसम्म पिसाब आइसकेको हुनुपर्छ भनेर उहाँले जानकारी जानकारी दिएका छन् ।