ओमेगा ३ ले क्यान्सर बिरूद्ध थोरै पनि फाइदा गर्दैन

ओमेगा ३ ले क्यान्सर बिरूद्ध थोरै पनि फाइदा गर्दैन

एजेन्सी : ओमेगा–३ ले क्यान्सरलाई त्यति फाइदा नपुग्ने अध्ययनले देखाएको छ । एनगिलिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले ओमेगा ३ को सेवनले क्यान्सर नियन्त्रणमा खासै फाइदा नपुग्ने देखाएको हो ।

यसअघिका अध्ययनहरूले ओमेगा ३ को सेवनले क्यान्सर , ह्दयघात जस्ता रोग नियन्त्रण गर्न सक्ने बताइएको थियो तर पछिल्लो अध्ययनले भने यसको सेवनले मानिसमा कुनै प्रभाव नपरेको देखाएको छ ।

१० लाख भन्दा बढी मानिसमा गरिएको अध्ययनले कुनै प्रभाव नदेखिएको बताइएको छ । युएईको नर्विच मेडिकल स्कुलका डा ली हूपरले भने कि विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ ) द्वारा गरिएको उक्त अध्ययनले ओमेगा ३ सप्लिमेन्टहरूले उपभोक्ताको स्वास्थ्यमा खासै धेरै फाइदाहरू नदिने प्रमाणहरू देखिएको छ । आलसको बीउमा माछा ,ओखरबाट तथा सो या मिल्क बाट बनेका सबै चीजमा पर्याप्त मात्रामा ओमेगा–३ हुन्छ ।