बिवाहको दिन नजिकीदै गर्दा प्रियंका र आयुष्मानले लगाए एक अर्काको नामको मेहेन्दी

बिवाहको दिन नजिकीदै गर्दा प्रियंका र आयुष्मानले लगाए एक अर्काको नामको मेहेन्दी

काठमाडौ : नायिका प्रियंका कार्कीले नायक आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाएकी छन् । उनीहरुको विवाह यही फागुन १५ गते हुँदैछ ।

केहि समयअगाडी प्रियंका आफ्नो नजिकका साथीलाई लिएर ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । त्यस्तै, केहि दिन अगाडी आयुष्मान पनि साथीभाई लिएर ब्याचलर पार्टी गर्न पोखरा पुगेका थिए ।

आयुष्मानले ब्याचलर पार्टीमा प्रियंका र उनका साथीले जे गरेका थिए, त्यही ‘रिक्रिएट’ गरेर तस्बिर खिचाएका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । हालै आयुष्मानले प्रियंकाको नामको मेहेन्दी समेत लगाएका छन् ।

प्रियंका र आयुष्मानको मेहेन्दी कार्यक्रम सकिएपछि आजै बेलुका संगीत कार्यक्रममा सहभागी हुनेछन् । उनीहरुले फागुन १६ गते रिसेप्शन पार्टी राखेका छन् ।