काठमाडौं : देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेको वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थी सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (Theory) र प्रयोगात्मक (Practical) मा छुटाछुटैं पास हुनुपर्ने व्यवस्था परिवर्तन गरि अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् ।
नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक (Theory) मूयांकनको र २५ अंक प्रयोगात्मक (Practical) मूयांकनको व्यवरुथा गरेको छ । शिक्षमन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्क्रम निर्माण भएका विषयको सैद्धान्तिक(Theory) र प्रयोगात्मक (Practical) विषयको कोड राखेको छ । एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक(Theory) र प्रयोगात्मक(Practical) मूल्यकानको अंक एकीकृत रुपमा आउँछ र यसले गर्दा कक्षा ११ र १२ मा पास हुने विद्यार्थी धेरै देखिने भएकाले सोद्धान्तिक(Practical) र प्रयोगात्मक (Practical) मा छुटाछुट पास हुनुपर्ने व्यवस्था हटाएर अब समग्रमा ३० ल्याएमा पास हुने व्यवस्था गरिन लागिएको हो ।