चलचित्र ‘सम्झना बिर्सना’ले तोक्यो प्रदर्शन मिति

चलचित्र ‘सम्झना बिर्सना’ले तोक्यो प्रदर्शन मिति

काठमाडौ : चलचित्र ‘सम्झना बिर्सना’को पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको सम्झना बिर्सना जेठ २ गते दर्शकमाझ आउने निर्माण टिमले घोषणा गरेको हो ।

निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’ लभस्टोरी जनराको हो । फिल्ममा नेपालसँगै दार्जिलिङ र सिक्किमको जीवन र प्रेमलाई महसुश गर्न सकिन्छ । फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा र पटकथा निर्देशक प्रधानकै हो । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी रहेको छ ।