नेप्सेमा सामान्य अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार

नेप्सेमा सामान्य अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.३० अंकले घटेर दुई हजार ७ सय ४८ दशमलव ५ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार ९ अर्ब ३१ करोडको कारोबार भएको नेप्सेमा बिहीबार ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

आजको कारोबारमा ५० कम्पनीको शेयर मूल्य बढ्दा १९४ को घट्यो भने दुई कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २२४९.३० रुपैयाँमा झरेको छ । एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक (३१ करोड ८ लाख रुपैयाँ बराबरको) कारोबार भएको छ ।