सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी र ज्वरो बिरामीको नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइँदै

सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी र ज्वरो बिरामीको नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइँदै

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका रुघाखोकी र ज्वरो फैलिएको बिरामीको नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर गुम्बा गाउँ पुग्ने जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

टेकुमा रहेको प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ । रुघाखोकी र ज्वरो देखिएका तीन सय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेका छन् ।

डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको पनि अध्यक्ष श्रेष्ठले बताए । यस्तै रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सात सय वटा मास्क (मुखावरण) पठाइएको छ । मास्कको अभाव भएकाले सहयोगका लागि जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आग्रहसमेत गरेका छन् ।