नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. ज्ञवाली नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. ज्ञवाली नियुक्त

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकार सहित सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

बरीब १ बर्ष देखी रिक्त पदमा ज्ञावालीलाई नियुक्त गरीएको हो । महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक डा ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए ।

परिषदमा अध्यक्ष र सदस्य सचिव पद स्वास्थ्य मन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्ती गर्ने व्यवस्था छ । परिषदको अध्यक्ष भने प्रा डा अञ्जनीकुमार झा हुन् ।