प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलालले दिदै उम्मेदवारी

प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलालले दिदै उम्मेदवारी

काठमाडौँ : प्रेस युनियन काठमाडौँ साखाको अधिवेशन यहि माघ २८ गते हुँदैछ । मिति नजिकिँदै गर्दा अधिवेशन सम्पन्न गराउन प्रेस युनियन काठमाडौँ साखा तीब्र तयारीमा जुटेको अध्यक्ष नकुल अर्यालले बताए ।

यससँगै प्रेस युनियन काठमाडौँको अध्यक्षका लागि प्रेस युनियन बाग्मति अञ्चल समितिको सदस्य सचिव जगन्नाथ दुलालले उम्मेदवारी दिने तयारी गरेका छन् । दुलालले हिमालय, माउन्टेन टेलिभिजन, कारोबार दैनिकमा समेत काम गरेका छन । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दुलाल हाल बाह्रखरी अनलाईनमा कार्यरत छन् । उनले समजशास्त्र र राजनीतिमा स्नातकोत्तर, कानुनमा समेत स्नातक गरीसकेका छन् ।