बाढीपहिरोले बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति (फोटो फिचर)

बाढीपहिरोले बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति (फोटो फिचर)

काभ्रे। गत साताको आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति भएको छ ।

जहाँ १२ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। बाढी र पहिरोबाट पालिकाभर करिब ६ सय घर परिवार विस्थापित भएको उनले बताए।

बाढी पहिरोबाट प्रभावितहरु भने सुरक्षित बासस्थान खोज्दै हिंडिरहेका छन्। गाउँमा बस्ने बासस्थान नै नभएपछि आफन्त खोज्दै, कोठा खोज्दै हिंडेको उनीहरु बताउँछन्।

गाउँपालिकामा बाढी र पहिरोले अरबौंको क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए। उनका अनुसार, अहिले यहाँ बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ।

गाउँपालिकाले पूर्वाधारमा पहिले सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। पालिकाको विभिन्न स्थानमा २० जटा डोजर लगाएर नयाँ ट्रयाक खोलेर बाटो बनाउने काम भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए।

छुटाउनुभयो कि ?