ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ । 

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।